२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डमा नेपाल प्रवर्द्धन

अ+ अ-

काठमाडौँ । थाइल्यान्डमा नेपाल प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)-नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ निजी पर्यटन तथा आतिथ्य कम्पनीसँगको सहकार्यमा थाइल्यान्डमा यस्तो प्रवर्द्धन गरेको हो ।

अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको राजधानी बैंककस्थित क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय ‘बीटुबी ट्राभल ट्रेड इभेन्ट-पाटा ट्राभल मार्ट २०२५’ मा ‘नेपाल पभेलियन’ मार्फत विशेष आकर्षण, पर्यटन प्रवर्द्धन र उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरेको बोर्डले जनाएको छ ।

मार्टमा ५० बढी गन्तव्यबाट आएका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । ३० गन्तव्यका २ सय २५ संस्थाबाट ४ सयभन्दा बढी विक्रेताले सहभागिता जनाएका थिए । जसमध्ये ५२ प्रतिशत विक्रेता पहिलो पटक सहभागी भएका थिए ।

त्यस्तै ४१ प्रमुख स्रोत बजारका २ सय १८ संस्थाबाट २ सय २५ क्रेता उपस्थित थिए । जसमा ६५ प्रतिशतले पहिलो पटक सहभागिता जनाएका हुन् ।

विविध नेपाली पर्यटकीय उपजसहित स्तुपा-थिममा सुसज्जित ‘नेपाल पभेलियन’ सम्पूर्ण प्रदर्शनीबीच अत्यन्तै आकर्षक र मनमोहक बनेको बोर्डले जनाएको छ । यसले अन्तर्राष्ट्रिय खरिदकर्ता र प्रदर्शकको ध्यान खिच्दै प्रशंसा प्राप्त गरेको समेत बोर्डको भनाइ छ ।

पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, समुदाय–आधारित पर्यटन र अन्य जीवन परिवर्तनकारी अनुभव लगायत नेपालका विविध पर्यटन आयाम प्रस्तुतीकरणले नेपाल पभेलियन एक जीवन्त मञ्च बनेको बोर्डले जनाएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा सार्वजनिक-निजी साझेदारीको सफल र सशक्त मोडेललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर समेत गरेको जनाइएको छ ।

सोही अवसरमा पाटा ट्राभल मार्टमार्फत आगामी २०२६ जुन २ देखि ४ सम्म काठमाडौँमा आयोजना हुने नेपालकै प्रमुख अन्तर्राष्ट्रिय यात्रा तथा व्यापार प्रदर्शनी मेलाका रूपमा स्थापित ‘हिमालयन ट्राभल मार्ट’ को छैटौँ संस्करण पनि प्रवर्द्धन गरिएको छ ।