२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय अटिजम निर्देशिका’ मस्यौदा स्वास्थ्य मन्त्रालयमा पेस

अ+ अ-

काठमाडौँ । अटिजम स्पेक्ट्रम डिसअर्डर भएका व्यक्तिहरूको हेरचाह, शिक्षा र अधिकार सुनिश्चित गर्न तयार पारिएको निर्देशिकाको मस्यौदा स्वास्थ्य मन्त्रालयमा पेस भएको छ ।

प्रा. डा. दीपक प्रकाश महराको संयोजकत्वमा गठित कार्यदलले ‘राष्ट्रिय अटिजम निर्देशिका’को मस्यौदा बुधबार मन्त्रालयमा पेस गरेको हो । 

मस्यौदा बुझ्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसलाई सरकारले महत्त्वपूर्ण सम्पत्तिको रूपमा लिएको र आगामी दिनमा सम्बन्धित समितिहरूमा प्राथमिकताका साथ छलफल गराइने प्रतिबद्धता जनाए । उनले यो मस्यौदा अटिजमको पहिचान र यसका लागि आवश्यक कार्यदिशा प्रदान गर्न एक कोसेढुंगा भएको बताए ।

मस्यौदाले अटिजमलाई एउटा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा स्वीकार गर्दै यसको एकीकृत र बहुक्षेत्रीय व्यवस्थापनका लागि राष्ट्रियस्तरमा ठोस प्रयासको खाँचो औँल्याएको छ । मस्यौदाका प्रमुख व्यवस्थाहरूले अटिजम भएका व्यक्तिहरूको जीवनलाई सहज बनाउन विस्तृत र चरणबद्ध कार्ययोजना प्रस्ताव गरेका छन् ।

मस्यौदाले संघ, प्रदेश र स्थानीय तहका सरकारको भूमिकालाई स्पष्ट पारेको छ । संघीय तहमा राष्ट्रिय अटिजम समिति गठन गरी नीति निर्माण, कानुन र लगानी सुनिश्चित गर्ने परिकल्पना गरिएको छ । प्रदेश तहमा क्षेत्रीय स्रोत केन्द्रहरू स्थापना गरी जनचेतना अभिवृद्धि र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाइएको छ ।