२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले भन्यो-‘फोनमा चर्को स्वरले बोले, अबेरसम्म ठूलो स्वरले गफगाफ गरे तीन लाख जरिवाना’

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको सार्वजनिक सूचनामा ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै यसलाई न्यून पार्न सबैलाई सचेत रहन आग्रह गरेको  हो।

प्रहरीका अनुसार ध्वनि प्रदूषणले विशेष गरी गर्भवती महिला, मुटुका बिरामी, वृद्ध वृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ।

त्यस्तै, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन सूचनामा उल्लेख गरेको छ ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल-छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।