काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना उपसचिवहरूको सरुवा गरेको छ।
मन्त्रालयले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका तीन उपसचिव र एक जना गृह मन्त्रालयका उपसचिवको सरुवा गरेको हो।
प्राप्त विवरण अनुसार अतिरिक्त समूहका सुरेश ढकाल, मदनबहादुर जी.सी. र उर्मिला के.सी.लाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ। त्यस्तै, गृह मन्त्रालयमा दरबन्दी भई जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रामबहादुर शाहीलाई पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ।








