२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ’ : उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन्। उनले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताए । 

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भने, “यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् । स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण यो क्याम्पसले प्रस्तुत गरेको छ ।”

कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताए। स्थापनाकालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७०० विद्यार्थीको शिक्षाको थलो बनेकाले आफैँमा एक ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री सिंहले भने, “यस क्याम्पसले नारीको शिक्षामा मात्र नभई समग्र शिक्षा प्रणालीमै गुणस्तरीय योगदान पुर्‍याउँदै आएको छ । देशका करिब ६० भन्दा बढी जिल्लाका विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् । यसबाट नै यहाँको लोकप्रियता र प्रभाव स्पष्ट हुन्छ ।”

यस क्याम्पसबाट अध्ययन गरेर विद्यार्थीले देशका विभिन्न आयोग, सरकारी निकाय तथा निजी क्षेत्रसम्म सफलतापूर्वक रोजगार पाएका तत्थ्यांकले देखाएकाले यहाँ अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा उत्कृष्ट भएको आफूले महसुस गरेको उपप्रधानमन्त्री सिंहले बताए। हाल क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएकोप्रति पनि ध्यानाकर्षण गराउँदै उनले शिक्षा क्षेत्रमा थप स्तरोन्नतिको आवश्यकता औँल्याए । 

“सरकार यस क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सशक्तीकरणमा आवश्यक सहयोग गर्न तत्पर छ । यस क्याम्पसलाई अझ बलियो र आधुनिक बनाउन राज्यले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने देखिन्छ । शिक्षाको स्तरोन्नति र गुणस्तर वृद्धिका लागि सरकारले सक्दो सहयोग गर्नेछ”, उनले भने । 

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसकी प्रमुख अपराजिता अर्यालले क्याम्पसले हाल विभिन्न चुनौतीका बाबजुद पनि  शैक्षिकस्तरलाई उत्कृष्ट बनाउन सफल भएको बताए।

“विविध चुनौतीबीच पनि हाम्रो क्याम्पसले देशभरिमा आफूलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनेतर्फ कदम चालेको छ,” उनले भने । 

कार्यक्रममा विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको थियो भने केही प्राध्यापक र कर्मचारीलाई लामो समयको योगदानका लागि कदरपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।