काठमाडौँ । सामाजिक सञ्जालमा महिलाहरूको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
सुनसरी रामधुनी नगरपालिका-३ घर भएका दिनेश कार्कीलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले सुनसरीबाट बिहीबार पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई महिलाहरूलाई लक्षित गरी साथी बनाई कुराकानी गर्ने, अश्लील भिडियो पठाउनुका साथै अपशब्द प्रयोग गरी गाली गलौज तथा चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।
हल पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले उनलाई आवश्यक अनुसन्धान गरिरहेको छ ।







