२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा दिवसमा प्रधानमन्त्री ओलीको सन्देश : नागरिकलाई झन्झट दिने कार्य अब सह्य हुँदैन

अ+ अ-

काठमाडौँ। २२औँ निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना व्यक्त गर्दै सेवाप्रवाहमा देखिएका झन्झटपूर्ण प्रक्रियामा तत्काल सुधार ल्याउन आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी निजामती सेवाकै भएकाले बदलिँदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षाअनुसार निजामती सेवाले आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।

उनले सन्देशमा भनेका छन्, “सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ। नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ। टेबल र कुर्चीबाट मात्र होइन, प्रविधिबाट सेवा विस्तार गर्नुपर्ने बेला आएको छ।”

सन्देशमा उनले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा अनावश्यक झन्झट र दु:ख दिने कार्य अब सरकारलाई अस्वीकार्य हुने चेतावनीसमेत दिए। सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भावमार्फत मात्र राज्यले जनविश्वास जित्न सक्ने उनले प्रष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन निजामती विधेयक कर्मचारी वर्गको उन्नयनसँगै संघीयताको डेलिभरीमा नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। उनले डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, तथ्याङ्कमा आधारित नीति निर्माण र सहज अनलाइन सेवा प्रवाहलाई निजामती सेवाको प्रमुख दायित्वका रूपमा औंल्याए।

“समृद्ध नेपाल, सुखी नेपाली” को साझा यात्रामा राष्ट्रसेवक कर्मचारीहरूको प्रतिबद्धता र सिर्जनशीलता अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्पूर्ण निजामती कर्मचारीलाई व्यावसायिक, पारदर्शी, नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणमा उच्च मनोबलसहित क्रियाशील रहन आग्रह गरेका छन्।

दिवसको उपलक्ष्यमा उनले सम्पूर्ण निजामती परिवारलाई सफलताको शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यका लागि शुभेच्छा प्रकट गरेका छन्।