२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरमा जेनजेडको सशक्त प्रदर्शन, पाँच सयभन्दा बढी प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ। नयाँ पुस्ताका युवा (जेनजेड)हरुले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेका छन् । स्वत:स्फूर्त रुपमा भेला भएका उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरे । कतिपय विद्यार्थी स्कुल र कलेजको पोशाकमै सडकमा उत्रिएका छन् ।

यसअघि सामाजिक सञ्जालमा सीमित आक्रोशलाई पहिलोपटक सडकमा उतारेका जेनजेडलाई विभिन्न पेशा, व्यवसायी, कलाकार र स्वतन्त्र युवाले समर्थन गरेका छन् । उनीहरुले राजनीतिक दलका भ्रातृ संगठनलाई भने प्रदर्शनमा नआउन आग्रह गरेका छन् ।

सुरक्षा संवेदनशीलता बढेपछि माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ । काठमाडौँ प्रहरी परिसरका एक अधिकारीका अनुशार माइतीघर र बानेश्वर क्षेत्रमा सुरक्षा कडाई पारिएको छ ।

प्रदर्शन स्थलमा ६ जना डीएसपीसहित करिब पाँच सय प्रहरी खटिएका छन् । उपत्यकाभर करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदर्शनको प्रकृतिअनुसार रणनीति परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।

युवाहरूले सामाजिक सञ्जालमार्फत ‘नेपो बेबी’ ट्रेन्ड समेत चलाएका छन् । नेताका छोराछोरीले पदको आडमा विशेष सुविधा लिएको भन्दै उनीहरूको विरोध सुरु भएपछि नेताका निवास वरिपरि पनि सुरक्षा कडाइ गरिएको छ ।