काठमाडौँ । माइतीघरबाट निस्किएको जेन जेड प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढेको छ । प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ ।
संसद् भवनतर्फ जाने प्रयास गरेका केही युवाहरूलाई प्रहरीले लाठी प्रहार गरे । त्यसका बाबजुद पनि भिड रोकिएको छैन ।
प्रहरीले संसद् भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको छ । पानीको फोहरा हान्ने गाडीलाई संसद् भवन अगाडि राखेको छ ।
युवाहरूले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन् । उनीहरूले बालेनको समर्थन र प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गरिरहेका छन् ।







