काठमाडौँ । जेन जेड समूहले नयाँ बानेश्वरस्थित संसद् भवनको गेट नम्बर १ र २ मा आगजनी गरेका छन् । तर, प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएको छ।
आगजनीसँगै नयाँ बानेश्वर क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।
यसैबीच, केही प्रदर्शनकारी संसद् भवनभित्र समेत प्रवेश गरेका छन्।







