काठमाडौँ । जेन जेड समूहले आयोजना गरेको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।
घाइते प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार सो घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको हो भने करिब ७०–८० जना घाइते हाल विभिन्न अस्पतालमा उपचाररत छन्। मृतकको परिचय भने अझै खुल्न बाँकी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।







