२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति समाजले भन्यो : ‘सरकारले नैतिक वैधानिकता गुमायो’

अ+ अ-

काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ।

जेन जेड पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा राज्यबाट भएको बर्बर दमनपछि विज्ञप्ति जारी गर्दै समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको हो।

‘युवा पुस्ताद्वारा जेनजीको नाममा भएको देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक दर्जन बढीको मृत्यु भएको (समाचार अनुसार १४ जना) र पत्रकारहरूसहित दर्जनौँ घाइते भएको (२३ गते अपराह्नसम्म) घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचारको विरोध र सरकारको स्वेच्छाचारविरुद्धको विरोध प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भएको समाजको निष्कर्ष छ।

‘आफूले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो। नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुनु सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ। यस्तो क्रुरताको लागि जिम्मेवारहरूलाई दण्डित गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

स्वाभिमान युवाहरू भ्रष्ट नेताहरूको नेतृत्वबाट मुक्ति चाहन्छन् भन्दै समाजले देशमा सुशासन र स्वतन्त्रताको पक्षमा उभिने युवा पुस्ता कुनै पनि निरंकुशताको विरोधमा हुने बताएको छ।

‘देशव्यापी रूपमै त्यस्तो आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ,’ समाजले भनेको छ, ‘भ्रष्टाचारविरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन गर्नु हुँदैन भन्ने मान्यता शान्ति समाजको छ । यसैगरी यस्ता आन्दोलनहरू पनि तोडफोड र अराजकताबाट सधैँ मुक्त हुनुपर्छ । सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरू सदैव संयमित हुनुपर्छ ।’