काठमाडौँ। नेकपा एमालेले जेन जेडको प्रदर्शनका क्रममा भएको घटनालाई हृदयविदारक र दुखद् भनेको छ ।
‘हाम्रो पार्टीले आज भएको घटना हृदयविदारक र दुखद् भएको निष्कर्ष निकालेको छ’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूका परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौँ।’
घाइतेहरूको निःशुल्क उपचार उनले सरकारसँग माग राखेका छन्।
‘आन्दोलनकारी र सरकार दुवै पक्षलाई संयमता अपनाएर वार्ताबाट समाधान खोज्न र हिंसा नलम्ब्याउन जोडदार माग गर्दछौ’, गौतमले भने ।







