काठमाडौँ । जेन जेड पुस्ताको प्रदर्शनमा भएको घटनाप्रति सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।
छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।







