काठमाडौँ । मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, राजीनामा दिएका गृहमन्त्री रमेश लेखलगायत दुवै दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
एक मन्त्रीका अनुसार बैठकमा सामाजिक सञ्जाल पुनः सञ्चालन गर्ने विषयमा छलफल भई निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ। यसअघि मन्त्रिपरिषद् बैठकमा भने यसबारे कुनै निर्णय नभएको बताइएको छ।







