काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको डल्लुस्थित निवासमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
जेन जेड आन्दोलन चर्किँदै जाँदा नेताहरूको घरलाई लक्षित आक्रमण भइरहेको क्रममै खनालको निवासमा समेत आगजनी गरिएको सुरक्षास्रोतले जनाएको छ।
यसअघि पनि विभिन्न शीर्ष नेताहरूका घर र कार्यालयहरूमा तोडफोड तथा आगजनी भएका घटनाले आन्दोलन राजधानीसहित देशभर थप तनावपूर्ण बन्दै गएको छ।







