काठमाडौँ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन्।
जेन जेडको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, राजनीतिक दलका कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन्।
यसै क्रममा महाराजगञ्जस्थित शीतल निवासमा प्रवेश गरेका प्रदर्शनकारीले तोडफोड गर्दै आगजनीसमेत गरेका हुन्।







