२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीको जनजीवन क्रमशः सामान्य बन्दै

अ+ अ-

सुदूरपश्चिम । जेन जेड प्रदर्शनका क्रममा असामान्य बनेको धनगढीको जनजीवन पूर्ववत बन्न थालेको छ । शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमश:शान्त बन्न थालेको हो ।

धनगढी सहित आसपासका क्षेत्रमा सेनाले गस्ती गर्न बढाएको छ । बजार क्षेत्रमा छिटपुट पसल खुल्न थालेका छन् । सडकमा निजी यातायातका साधन आवतजावत गर्न थालेका छन् ।

प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएका थिए ।

कैलाली जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । कतिपय कार्यालयमा आज बिहानसम्म आगो पनि निभेको थिएन । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए । जारी गरिएको निषेधाज्ञा यथावत छ ।

यस्तै प्रदेशसभा सचिवालय,प्रदेश समन्वय समितिको कार्यालय,उद्योग पर्यटन वन तथा वातावरण,आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय, मुख्य न्यायधीवक्ता,भन्सार,यातायात,मालपोत र नापी कार्यालय लगायत दर्जनौँ सरकारी कार्यालयमा तोडफोड गरिएको छ ।

प्रदर्शनका क्रममा सरकारी नम्बर प्लेटका गाडी र मोटरसाइकलमा पनि आगो लगाइएको छ । धनगढीस्थित जिल्ला कारागारमा प्रदर्शनकारीबाट आक्रमण गरिएपछि बन्दी गृहका कैदी बन्दी फरार भएका छन् ।