२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाको जनजीवन सामान्य बन्दै

अ+ अ-

झापा । नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षा कायम गराउन मङ्गलबार रातिदेखि परिचालित भएपछि यहाँको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।

अरिदमन गण चारआलीबाट खटिएको नेपाली सेनाको सुरक्षा फौजले सुरक्षा गस्ती बढाएसँगै झापाको जनजीवन सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार आज बिहानैदेखि नेपाली सेनाले सडकमा निस्किएर अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन ‘माइकिङ’ गर्दै सुरक्षा गस्ती बढाएको हो ।

सदरमुकाम चन्द्रगढीसहित जिल्लाका मुख्यमुख्य ठाउँमा नेपाली सेनाको सुरक्षा गस्तीले माइकिङ गर्दै बिनाकारण हिँडडुल गर्नेलाई घर फर्काइरहेको प्रजिअ अधिकारीले बताए । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा आवतजावत गर्न छुट दिइएको उनले जानकारी दिए।

मंगलबार प्रदर्शनकारीले झापाका एक दर्जन बढी सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालयसहित राजनीतिक नेतृत्वका घरमा तोडफोड र आगजनी गरेपछि तनावग्रस्त बनेको यहाँको जनजीवन नेपाली सेनाले सुरक्षा गस्ती बढाएसँगै बन्दै गएको हो ।