काठमाडौँ। जेन जेड आन्दोलनकारीले कैलाली कारागार कार्यालयमा आगजनी र तोडफोड गरेपछि कारागारबाट भागेका केही कैदी बन्दी कारागार कार्यालयको सम्पर्कमा आएका छन् ।
हुलमुलमा कुटपिट हुन सक्ने डरले मंगलबार भागेको भन्दै केही कैदी बन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जानकारी दिएको छ ।
उनीहरूले बिहानदेखि फोन गरेर आफूहरू फर्केर कारागारमा आउन चाहेको कारागारले जनाएको छ ।
जेन जेड आन्दोलनकारीले कारागारमा तोडफोड गरेपछि कारागारमा रहेका ६६७ कैदीबन्दीमध्ये एक जनाबाहेक सबै निस्केर गएका थिए । ठुलो संख्यामा आन्दोलनकारी आएर तोडफोड र आगजनी गरेको र कैदीलाई भगाएको कारागार प्रशासनले जनाएको छ । कारागारको सीसी टिभी, कम्प्युटर, टिभी, भिडियो कन्फरेन्समार्फत पेसीमा सहभागी हुने टिभी सबै फुटाएको जनाइएको छ ।
सुरक्षाको दृष्टिकोणले तत्काल कैदी बन्दी राख्न सकिने अवस्था पनि नरहेको जेलर सापकोटाले बताइएको छ ।






