२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी, संयमता अपनाउन प्रजिअ अर्यालको अनुरोध

अ+ अ-

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज बिहान ६ बजेबाट कर्फ्यु हटाइएसँगै जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको बताएका छन् ।

जेन जेड समूहद्वारा आयोजित विरोध प्रदर्शनको क्रममा जिल्लाका विभिन्न स्थानमा सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भएता पनि सुरक्षाकर्मीहरूले अपनाएको संयमता र सावधानीका कारण कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए । उनका अनुसार हाल परिस्थिति क्रमशः सामान्यीकरण तर्फ उन्मुक्त भइरहेको छ।

यस्तै, जिल्ला सुरक्षा समिति चितवनले निषेधाज्ञा कार्यान्वयनमा सबै नागरिक र संघसंस्थालाई सहयोग र सहजीकरण गर्न अनुरोध गरेको छ। भरतपुर कारागारबाट हालै बाहिर आएका कैदी-वन्दीहरूलाई इमान्दारीपूर्वक कारागार प्रशासनसँग सम्पर्क गरी फर्किन निर्देशन दिइएको छ।

नियमअनुसार फर्किने कैदी–वन्दीहरूमाथि कुनै फरक व्यवहार गरिने छैन, तर सम्पर्कमा नआएमा उनीहरूलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

साथै, सुरक्षाकर्मीहरूले प्रयोग गर्ने हातहतियार, गोली गट्ठा तथा सञ्चार उपकरण कुनैसँग भए तत्काल सुरक्षा निकायमा बुझाउनुपर्नेछ। नगरे कानुन अनुसार कारबाही गरिने बताइएको छ।

प्रशासनले सम्पूर्ण नागरिक र संघसंस्थालाई अनुरोध गरेको छ कि यस विषम परिस्थितिमा जिल्लाको सुरक्षा संयन्त्रलाई आवश्यक सूचना, सहयोग तथा समन्वय उपलब्ध गराउन सकियोस्। साथै, सार्वजनिक वा निजी सम्पत्ति तोडफोड, आगजनी, हिंसात्मक वा आपराधिक गतिविधि गर्ने वा गर्न लागेको देखिएमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

Open photo