२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउन व्यस्त

अ+ अ-

बागलुङ । बागलुङको पश्चिम क्षेत्रका किसान यति बेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामा खोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइन भ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलु खेती गर्दै आएका छन् ।

आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवालगायत स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरेक वर्ष बागलुङमा रु. एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैतमा आलु लगाउने र असोज पहिलो सातासम्म भित्र्याउने गर्छन् । यति बेला ढोरपाटनका अधिकांश किसान आलु भित्र्याउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताए ।

एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानले धमाधम आलु भित्र्याउने काम गरिरहेको उनले बताए। आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाए । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्र्याइसक्ने उनी बताउँछन् ।

सुनारले भने, “ढोरपाटनमा धेरै वर्ष अगाडिदेखि आलु खेती हुँदै आएको थियो, अहिले थप व्यवस्थित रूपमा जग्गा चक्लाबन्दी नै गरेर व्यावसायिक रूपमा खेती गर्न थालेका छौँ, परम्परागत खेती प्रणालीसँगै नयाँ प्रविधिको पनि प्रयोग गर्न थालेका छौँ, यस वर्ष आलु राम्रो फलेको छ, भदौ लाग्दाबाटै आलु भित्र्याउनुपर्थ्यो तर लामो वर्षा हुँदा अहिले चटारो छ, यहाँका कोहीलाई पनि यति बेला फुर्सद छैन, धेरैजसो स्थानीयवासी बारीमा आलु निकाल्दै छन् ।”

निसीखोला–६ का स्थानीय कर्णबहादुर घर्तीले निरन्तरको वर्षाले आलु कुहिने जोखिम रहेको बताए । आलु भित्र्याउने समयमा परेको भारी वर्षाले अहिले बल्ल बारीबाट निकाल्न सुरु गरेको उहाँको भनाइ छ । यसपालि आलु लगाउने बेला लामो खडेरी परेको र खन्ने बेला भारी वर्षा हुँदा उत्पादनमा गिरावट आउने देखिएको घर्ती बताउँछन् ।

आलु खेती बढाउनका लागि जिल्लाभर क्षेत्र विस्तार गर्न थालिएको छ । बागलुङमा सबै ठाउँमा आलु राम्रो उत्पादन हुने हुँदा कृषि ज्ञान केन्द्रले बर्सेनि लाखौँ लगानी गर्दै आएको छ । आव २०८०/८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार २०८०/८१ मा रु. दुई करोड ६० लाख, २०८१/८२ मा रु. एक करोड ५९ लाख र चालु आवमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ । 

अहिले  जिल्लाभर तीन हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार गर्ने ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष बढ्ने आकलन गरिएको प्रमुख सिलवालको भनाइ छ ।