काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङको पदभार ग्रहणमा हितेन्द्रदेव शाक्य अनुपस्थित भएका छन् ।
पदभार ग्रहण कार्यक्रममा मिडिया र अन्य कर्मचारीको उपस्थिति उल्लेख्य देखिए पनि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन शाक्य आएनन् ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोकप्रियता कमाएका घिसिङ ऊर्जा मन्त्री बनेपछि उनको क्रेज ह्वातै बढेको छ ।
मन्त्रालय र मातहतका कर्मचारीहरू पनि बाक्लो सङ्ख्यामा थिए ।
विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालयको महत्त्वपूर्ण अंग हो । प्राधिकरणका कार्यकारी निर्देशक नयाँ ऊर्जा मन्त्रीलाई स्वागत गर्न नआउनुका पछाडि पुरानो पृष्ठभूमि कारण हुन सक्छ । घिसिङ र शाक्य समकालीन प्रतिस्पर्धी हुन् ।
पछिल्लो पटक एमाले नेतृत्वको सरकारले कुलमानलाई विस्थापित गरेर शाक्य कार्यकारी नियुक्त गरेको थियो ।







