काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो जलेको घर पुगेका छन्।
शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा राखिएका नेपाल सोमबार कोटेश्वरस्थित आफ्नो निवासमा पुगेका हुन्।
प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरेका थिए। माधव नेपालसँगै अन्य मेटमणि चौधरी समेत पुगेका थिए।
भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनको क्रममा कयौँ युवाहरूको मृत्यु भएको छ।
भदौ २४ गते घरघरमा आगजनी गरिएपछि नेपाली सेनाले शीर्ष नेताहरूलाई सुरक्षित साथ शिवपुरी पुर्याएको थियो।







