२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सेवा प्रवाह चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक मापदण्ड खारेज हुने

अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव स्तरीय बैठकले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरू तत्काल खारेज वा संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिक्षा, खानेपानी, स्वास्थ्य, यातायात, विद्युत्, खाद्यान्न आपूर्ति, औषधि, टेलिफोन र न्याय सम्पादन जस्ता अत्यावश्यक सेवामा अवरोध नआओस् भनी तत्काल आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ । 

त्यस्तै, क्षतिग्रस्त कार्यालयले अस्थायी कार्यालय स्थापना गर्ने वा भाडामा लिएर सेवा प्रवाह गर्ने, नागरिकलाई प्रत्यक्ष सेवा दिने कार्यालयमा रिक्त दरबन्दी तुरुन्तै पूर्ति गर्ने र सेवामा खटिने राष्ट्रसेवकलाई धन्यवाद दिँदै थप मनोबलका साथ काम गर्ने वातावरण बनाइने बैठकले जनाएको छ।

युवापुस्ताको चाहनाअनुसार नागरिकमैत्री र द्रुत प्रशासनिक सुधारलाई तत्काल लागू गर्न निर्देशन दिइएको छ।

बैठकले आन्दोलनमा अकल्पनीय जनधनको क्षति भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अन्तरिम सरकारले तोकेको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सक्रिय रहने प्रतिबद्धता पनि गरेको छ ।