काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केशरमहल भवनबाट सुरु गरिएको छ।
सिंहदरवारभित्र रहेको मन्त्रालय जेन जेडको आन्दोलनमा आगजनी र तोडफोड भएपछि सेवा केशर महलबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
‘हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको, केशरमहल भवन)वाट सेवा सुचारु गरिएको र मन्त्रालयको सिंहदवार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाईको कार्य सम्पन्न नभएसम्म यसै भवनबाट सेवा प्रवाह हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ।
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखावाट प्रदान हुँदै आएको सेवा पुर्ववत स्थानबाटै निरन्तर सुचारु रहेको मन्त्रालयले जनाएको छ।







