२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठ नगरपालिकाको ७३ औँ कार्यपालिका बैठक सम्पन्न, कार्यालय सफाइमा जुटे कर्मचारीदेखि जनप्रतिनिधिसम्म 

अ+ अ-

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको ७३ औँ कार्यपालिका बैठक भदौ ३० गते नगरपालिका भवनको कार्यपालिका हलमा सम्पन्न भएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अजय वर्तौलाले बैठकबाट केही महत्त्वपूर्ण निर्णयहरू भएको जानकारी दिएका छन् । 

बैठकमा भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा ज्यान गुमाउने दिवंगतहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूले पूर्ण स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरिएको छ। साथै, आन्दोलनका क्रममा नगरपालिकाको तोडफोड तथा आगजनी नहोस् भन्ने सुनिश्चित गर्दै नगर कार्यपालिकाको कार्यालय सहित १० वटा वडा कार्यालय र अन्य सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नुमा सहयोग गर्ने सम्पूर्ण नगरवासीप्रति धन्यवाद व्यक्त गरिएको छ।

बैठकले नगरपालिकाको वडा नं. १०, ११ र १२ का कार्यालयहरू र सम्बन्धित वडाध्यक्ष तथा नगर प्रमुखका आवासीय घरमा तोडफोड, आगजनी वा लुटपाटमा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीका लागि नेपाल सरकार गृह मन्त्रालयमा माग गर्ने निर्णय पनि गरेको छ।

त्यसै गरी, क्षतिपूर्तिका लागि वडा कार्यालय र अन्य सार्वजनिक सम्पत्तिमा आवश्यक खर्च पुर्‍याउन नगरपालिका जनप्रतिनिधिहरूको एक महिनाको सेवा सुविधा र कर्मचारीहरूको पारिश्रमिकबाट जनही ६ हजार रुपैयाँ कट्टा गर्ने निर्णय गरेको छ।

भदौ २४ गते आन्दोलनको क्रममा क्षति भएका वडा नं. १०, ११ र १२ का कार्यालयहरूमा नगरपालिका कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी र नगर प्रहरीले संयुक्त रूपमा सरसफाइ गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत बर्तौलाका अनुसार, सरसफाइपछि सबै संयन्त्र, स्थानीयवासी, समाजसेवी र जनप्रतिनिधिको समन्वयमा यी वडा कार्यालयहरू यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

नगर स्तरीय र वडा स्तरीय पुँजीगत योजनाहरूको ठेक्का, उपभोक्ता समिति र कोटेसन सम्झौतासहित कार्यान्वयन अगाडि बढाउने र नगरभित्र सुरक्षा व्यवस्थाका लागि नगर प्रहरी तथा नेपाल प्रहरीले संयुक्त गस्तीको दुई टोल परिचालन गर्ने निर्णय पनि बैठकमा भएको छ। सबै वडामा टोल सुधार समिति गठन गरी सुरक्षा कायम राख्न नगरवासीलाई सहकार्य गर्न आग्रह गरिएको छ।