२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने : ‘अब नयाँ ढंगले पार्टी अघि बढाउने संकल्प गरेका छौँ’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

‘अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौँ । पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउने छौँ,’ भट्टराईले भने, ‘साथै लोकतान्त्रिक प्रक्रियालाई फेरी लयमा फर्काउने र शान्तिपूर्ण ढंगले निर्वाचन गराउने संकल्प गर्ने दिन पनि हो असोज ३ गते त्यहीअनुसार अघि बढ्छौँ ।’

जेन जेड पुस्ताको आन्दोलनको क्रममा देशभर भएको क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी गराए । मुलुक राजनीतिक संकटको अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्था राजनीतिक दलहरुबीच सहानुभूति र सहकार्यको आवश्यकता रहेको पनि बताए ।

‘जुन ढंगले संरचनाहरू क्षति भएका छन् । देशभरको क्षतिको विवरण हामी लिँदै छौँ । त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ । संरचना, कागजात र गाडीहरू पनि जलेका छन् । अरु दलहरूका कार्यालयको अवस्था पनि त्यस्तै भएको छ । हिजो हामीले नेपाली काँग्रेसको पार्टी कार्यालयको अनुगमन गरेका थियौँ,’ उनले भने, ‘आज काँग्रेसका उपसभापति लगायत नेताहरू आएर हाम्रो पार्टी कार्यालयहरूको अनुगमन गर्नुभएको छ । यो बेलामा पार्टीहरूबीच सहानुभूति र सहकार्य गर्ने र कसरी अगाडि बढ्ने बेला पनि हो । देश भरी जहाँपनि संरचनाहरू जलेका छन् । त्यसका लागि दुःख र सहानुभूति व्यक्त गर्दर्छौं ।’

बुधवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस नेताहरुले एमालेको क्षतिग्रस्त केन्द्रिय कार्यालयका संरचनाहरूको अवलोकन गरेका छन् ।