काठमाडौँ । पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिएको छ।
पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । यसअघि गत मंगलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
यस्तै लगातारको वर्षाले पहिरोले सिल्लेगडा-कालागाउँ-पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ ।
उक्त सडकखण्ड अन्तरर्गत दोगडाकेदार गाउँपालिका-२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको थियो ।
गत मंगलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ ।
स्थानीयहरूले पहिरो पन्छ्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।







