२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलेका नोटमा कारोबार नगर्न बुढानीलकण्ठ नगरपालिकाको आग्रह 

अ+ अ-

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न आग्रह गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै जलेका नोटहरूबाट कारोबार भए गरेको पाइएमा नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।

भदौ २४ गते जेन जेड प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा नेता र व्यवसायीका घर तथा प्रतिष्ठानमा भएको आगजनीका क्रममा जलेका नोटहरू भेटिएको भिडियोहरू सार्वजनिक भएका थिए ।

बुढानीलकण्ठमा पनि काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि जलेका नोट भेटिएको समाचार तथा भिडियोहरू आएका थिए ।

 यद्यपि सभापति देउवाको सचिवालयले ती भिडियोलाई कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ ।

प्रदर्शनकारीले आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्याएको समाचार सार्वजनिक भइरहेका बेला बुढानीलकण्ठ नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जलेका नोटमा कारोबार नगर्न आग्रह गरेको छ ।