२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्रीमा सिफारिस डा. संगीता मिश्रा रिङबाट ‘आउट’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा अब मन्त्री नबन्ने पक्का भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको अन्तिम सूचीबाट उनको नाम हटाइएको हो।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्रालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्। तर उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा सूचना पाएपछि उनको नाम ‘होल्ड’ गर्न भनिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

खरिद प्रक्रियामा संलग्न रहेको समाचारसमेत सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन्। यी सबै कारणले अन्ततः उनको नाम अन्तिम सूचीबाट हटाइएको स्रोतले जनाएको छ।

यसबाहेक, “आइ एम संगीता मिश्र, आइ एम कम फ्रम नेपाल, बेसिकली बट आइ एम नाटिभली फ्रम इन्डिया…” भन्ने उनको भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि थप आलोचना बढेको छ।

प्रधानमन्त्री कार्कीले आइतबार स्वास्थ्य मन्त्रीसँगै अन्य मन्त्रालयका लागि पनि नाम सिफारिस गरेकी थिइन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रीमा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, कृषि मन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरिएको थियो। सिफारिस ढिलो गरी भएकोले आजलाई दिउँसोलाई शपथ सारिएको थियो, तर त्यही बिचमा स्वास्थ्य मन्त्रीको विवाद आएसँगै उनको रोकिने भएको जनाइएको छ ।

डा. मिश्राले मन्त्री बन्ने अपेक्षामा आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। यसअघि उनी स्वास्थ्य सचिव बन्न नपाएको असन्तुष्टिमा करिब ६ महिना लामो बिदामा बसेकी थिइन्। गत फागुनमा वरिष्ठता मिचेर डा. विकास देवकोटा स्वास्थ्य सचिव नियुक्त भएको भन्दै उनले सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी थिइन्।