काठमाडौँ । उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । नेपाल टार बजारबाट घरतर्फ जाँदै गर्दा बैजनाथ खोलामा आएको बाढीले उदयपुर गढी गाउँपालिका-६ धपरका ४० वर्षीय तोपबहादुर सार्कीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार सार्की पाँच सय मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







