२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरियो

अ+ अ-

काठमाडौँ । कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको नयाँ लिंगो घटस्थापनाको दिन पारेर आज  फेरिएको छ ।

सदरमुकाम खलंगा बजारमा रहेको सो मन्दिरको ५२ हातको नयाँ लिंगो आज फेरिएको चन्दननाथ-भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । 

हरेक वर्ष घटस्थापनाका दिन फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिंगो फेरिएको हो । मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ-आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा राखिएको हुन्छ । 

भैरवनाथ मन्दिरमा ४८ हातको लिंगो र ४८ हातकै ध्वजा राख्ने चलन छ । वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिंगोसहित ध्वजा राख्ने प्रचलन रहेको चन्दननाथ-भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए  ।

मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गरेका छन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गरिन्छ । लिङ्गो फेरेसँगै चन्दननाथ-भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा छ । जसले मार्सीधानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ । दशक अघिसम्म लिंगो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्री ल्याउने चलन थियो ।

अहिले यो परम्परा लोप भएको चन्दननाथ-भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यको भनाइ छ ।