काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेन जेड आन्दोलनका क्रममा आगजनी भएको कान्तिपुरको कार्यालय अवलोकन गरेका छन् ।
उनले कान्तिपुर पब्लिकेसनका प्रमुख कैलाश सिरोहियालाई हिम्मत नहार्न हौसला दिएका छन् ।
सञ्चार मन्त्रीको शपथ खाएको भोलिपल्ट खरेल कान्तिपुरमा पुगेका हुन् । सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल पनि उनीसँग थिइन् । सञ्चार मन्त्री खरेलले सिरोहियालाई मन्त्रालयको तर्फबाट सबै सहयोग हुने आश्वासन दिएका छन् ।
‘हिम्मत नहार्नुहोला, मन्त्रालयको तर्फबाट केही पनि गर्नुपर्यो भने मन्त्रालय आउनुस् । सदैव ढोका खुला छ । यहाँहरूलाई लागेको कुरा भन्नुहोला । हामी फेरि उठ्नु छ, उठ्नेछौँ’, खरेलले भने ।







