काठमाडौँ । नख्खु कारागारबाट भागेका शिव शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललितपुरको सानेपाबाट बुधबार पक्राउ गरेको हो ।
अहिले उनलाई पक्राउ गरी सीआईबीले नख्खु कारागार बुझाएको छ । उनी जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।







