काठमाडौँ । नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । जेन जेडको आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।
कोषका लागि प्रदान गरिएको रकम सदुपयोगले शहीदको आत्मालाई शान्ति मिल्ने राजभण्डारीले बताएका छन् ।







