२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दुर्गा प्रसाईँको दाबी

अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेन जेड आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् ।

काठमाडौँबाट गृहजिल्ला बिर्तामोड पुगेका प्रसाईँको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको बताए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन् ।

उनले कार्यक्रममा भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु ?’

प्रसाईँले आफू ‘एक्का’ भएको जिकिर गरे । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईँले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रुपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेन्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्डबिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।’

प्रसाईँले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको आरोप लगाए । प्रसाईँले भने, ‘जेन(जी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’

अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईँले टिप्पणी गरेका छन् ।

प्रसाईँले ओलीलाई वाल्मीकि बन्ने अवसर भएको बताउँदै कार्यकर्ता समेतले गल्ती गर्‍यौँ अब सच्चिन्छौँ भन्दै आफ्नो घरमा आए आश्रय दिने बताए । केपी ओलीकै कारण सबै पार्टी सक्किएको उनको दाबी छ ।

चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए ।