काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका हुन् ।
नवनियुक्त अध्यक्ष शर्माले आजै पद बहाली गर्ने कार्यक्रम रहेको छ ।







