२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनका घाइतेहरूको उपचारमा कुनै कमी नराख्न सञ्चार मन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेन जेड प्रदर्शनका घाइतेहरूसँग भेट गरेका छन्। उनले आज त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते तथा उनका अभिभावकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न आग्रह गरेका हुन्।

मन्त्री खरेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले सहिद र घाइतेहरूको मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “अहिलेको प्राथमिकता घाइते भएका सबै जना छिटो निको भएर घर फर्किनु हो। त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रूपमा सोचिरहेको छ।”

आफूहरूलाई भेट्न अस्पतालको शय्यासम्म आएका भएका मन्त्री समक्ष घाइतेहरूले सबै जेन जेडको योगदानलाई स्मरण गर्दै मागहरूको कार्यान्वयन गर्न सुझाव दिएका छन् । जेन जेड प्रदर्शनमा घाइते भएका रवि भण्डारीले जेन जेडको बलिदानलाई नबिर्सिन आग्रह गरे। 

“आन्दोलनमा सहादत प्राप्त गर्नेहरूको योगदानलाई खेर जान नदिन देशलाई निकास दिनुपर्‍यो”, सिन्धुलीका २९ वर्षीय भण्डारीले मन्त्री खरेलसमक्ष भने, “म परिवारको जेठो छोरो हुँ । मैले पठाओ गरेर परिवारको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । अहिले म अस्पतालको शय्यामा छु । मेरो भविष्यसँगै परिवारको आर्थिक अवस्था धराशायी भएको छ ।” 

सोही अस्पतालमा उपचाररत १८ वर्षीय सुनिल थापाकी आमा कुसुदेवी थापाले घाइतेको पक्षमा सरकारबाट सहयोगको अपेक्षा राखिन । “जापान जाने तयारीमा थियो छोरो । अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा छ”, आमा कुसुदेवीले भनिन्, “छोरोलाई हिँड्न सक्ने बनाइदिनुपर्‍यो । घाइतेहरूका लागि सरकारले केही गर्दिनुपर्‍यो ।” 

जेन जेड प्रदर्शनमा घाइते भई अस्पताल पुगेका  दुई हजार ३१६ जनामध्ये उपचार पश्चात् दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरू विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपचाररत घाइतेहरूको सङ्ख्या ५६ रहेको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै हाल सात घाइते उपचाररत छन् ।