२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो भनाइ तोडमोड गरेपछि सभापति चन्दको आपत्ति, राखेका थिए उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले संविधान दिवसका दिन दिएको आफ्ना भनाइलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

असोज ३ गते गोठलापानीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले झण्डै आधा घण्टा आफ्नो विचार राखेका थिए । तर, त्यसको आधा मिनेट मात्र काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि आफू पीडित भएको उनको भनाइ छ ।

चन्दका अनुसार कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, संविधानको रक्षा र युवाको संलग्नता आवश्यकताबारे धारणा राख्दा भ्रष्टाचारको छानबिन र कारवाही अनिवार्य रहेको पनि जोड दिएका थिए । साथै, २०४७ सालयता उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग उनले अघि सारेका थिए ।

तर, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको जलेको नोट र त्यसबारे आएको विज्ञप्ति प्रसंगमा बोलेको केही अंशलाई तोडमोड गरी ‘गाउँ गाउँमा गएर पुष्टि गरौँ, सामाजिक सञ्जालले झुटा हो’ भन्ने खालको भ्रामक सन्देश फैलाइएको उनले स्पष्ट पारेका छन् ।

“झण्डै आधा घण्टाको अभिव्यक्तिलाई आधा मिनेटको छोटो भिडियो बनाएर विपरीत अर्थ लाग्ने गरी प्रचार गर्नु अन्याय हो । म भ्रष्टाचारविरुद्ध अडिग छु, त्यसको पक्षपोषण गर्ने मेरो कुनै मनसाय छैन,” चन्दले भनेका छन् ।