२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनका मृतक परिवारलाई राहत रकम वितरण, आइतबार साँझसम्म ४१ परिवारले पाए 

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई राहत रकम वितरण गरेको छ। २०८२ भदौ २३ र २४ गते राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणलगायतका मागसहित जेनजी युवाहरूको नेतृत्वमा भएको आन्दोलनमा ज्यान गुमाएका परिवारलाई सरकारले राहत उपलब्ध गराएको हो।

मन्त्रिपरिषद्ले गत असोज १० गते मृतकका परिवारलाई आर्थिक सहायता स्वरूप रु. १० लाख र किरिया खर्च स्वरूप रु। ५ लाख गरी जम्मा रु. १५ लाख उपलब्ध गराउने निर्णय गरेको थियो। सो निर्णयअनुसार पहिचान भएका ५१ जना मृतकका परिवारलाई २८ वटा जिल्ला प्रशासन कार्यालयमार्फत गत शुक्रबार रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, आइतबार साँझसम्म ४१ परिवारले राहत रकम प्राप्त गरिसकेका छन्। राहत लिनका लागि मृतकको स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयमा मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित र वडाको सिफारिससहित सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बाँकी मृतकका परिवारका सदस्यहरू पनि जिल्ला प्रशासन कार्यालयसँग सम्पर्कमा रहेको र उनीहरूले आफ्नो सुविधाजनक समयमा राहत रकम लिन सक्ने जानकारी दिएका छन् ।