२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनमा घाइतेलाई परिचयपत्र वितरणसँगै २० हजारका दरले भैपरी खर्च दिने सरकारको निर्णय

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार सहज बनाउन परिचयपत्र वितरण सुरु गरेको छ। भदौ २३ र २४ गते जेनजी युवाहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको पहिचान र उपचार व्यवस्थापनका लागि मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो।

गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा घाइते व्यक्तिहरूलाई आजैदेखि परिचयपत्र वितरण सुरु गरिएको छ। साथै, तत्कालका लागि स्वास्थ्य मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइतेलाई भैपरी खर्च स्वरूप रु. २०,००० का दरले सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। घाइते भई उपचारार्थ अस्पताल जानेहरूले बिरामी टिकट/पुर्जा वा कार्ड सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा राहत रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यसबारे जानकारी गराउँदै गृह मन्त्रालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी आचार्यले राहत वितरण प्रक्रिया प्रभावकारी र छिटो पार्ने उद्देश्यले परिचयपत्र वितरण र तत्कालीन भैपरी खर्चको व्यवस्था गरिएको प्रशासनलाई बताए।