२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान कार्यान्वयनका लागि थप सहकार्य आवश्यक’ – उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि थप प्रतिबद्धताका साथ सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अँगाल्नुपर्ने बताएका छन् ।

विजया दशमीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधानले सुनिश्चित गरेका अधिकारहरू, नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वप्रति जनताको अपेक्षा थप प्रगाढ बनाउन विजया दशमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । 

उनले भने, “विजया दशमीले हामीलाई असत्य, अन्याय र समाजमा बढ्दो ध्रुवीकरण विभाजनको विरुद्धमा एकजुट हुन प्रेरित गर्ने विश्वास लिएको छु । यो पर्वले हामी सबैमा आत्म शुद्धि, सामाजिक उत्तरदायित्व र राष्ट्रिय एकताको भावना जागृत गराओस् । सत्य, सदाचार, सद्भाव, भाइचारा र सहिष्णुताको मार्गमा अग्रसर रहन हामी सबैलाई प्रेरणा मिलोस् ।”

दसैँको अवसरमा गरिने पूजापाठ, सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा गीत–सङ्गीतले हाम्रो सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई सक्रिय बनाउन सघाउने उनको भनाइ छ । 

“नेपाल विविध सांस्कृतिक, धार्मिक, ऐतिहासिक, मौलिक र परम्परागत सम्पदा तथा रीतिरिवाजहरूले समृद्ध मुलुक हो । यहाँ मनाइने चाडपर्वहरू राष्ट्रिय  एकता, सामाजिक घनिष्ठता, आध्यात्मिक चेतना र सांस्कृतिक निरन्तरताका संवाहक हुन् । हाम्रा पर्वहरूले परम्परागत मूल्य-मान्यता, जीवनशैली र सामाजिक सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रिय पहिचान तथा एकतालाई अझ सशक्त बनाउन सहयोग पुग्दछ”, सन्देशमा भनिएको छ । 

यस पर्वले विगतका कटुताहरूलाई विस्मृत गर्दै एक–अर्कामा शुभेच्छा साटासाट गर्ने अवसर प्रदान गर्ने र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने उनको भनाइ छ ।