काठमाडौँ । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन अनुरोध गरेको छ ।
कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत कारबाही हुने चेतावनी दिइएको छ ।
गत भदौ २४ गते जेनजेडको प्रदर्शनका क्रममा कैदी बन्दी भागेका थिए । भागेका मध्ये आठ जना अझै नफिर्किएको सूचनामा उल्लेख छ ।







