काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मकवानपुरको भिमफेदी कारागारबाट फरार भएकामध्ये एक कैदी वीरगन्जबाट पक्राउ परेका छन्।
पक्राउ पर्ने कैदीमा पर्साको वीरगन्ज महानगरपालिका-१६ बसपार्कका २५ वर्षीय अमजत मियाँ रहेका छन्। उनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । बुधबार पक्राउ गरिएका मियाँलाई पुन भिमफेदी कारगारमै पठाइने छ।
मियाँ लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पुर्पक्षमा कारागारमा पठाइएका कैदी रहेको बताइएको छ।







