काठमाडौँ । अविरल वर्षा, बाढी पहिरोका कारण देशका विभिन्न पाँच ठाउँमा शुक्रवार पनि राजमार्ग बन्द रहेका छन् ।
संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका पाँच ठाउँमा राजमार्ग अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४, बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका-३, एकुवामा अविरल वर्षाका कारण कोसी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ ।
रसुवाको गोसाईंकुण्ड नगरपालिका-२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । नेपाल-चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४, चारकिलाृमा खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।








