२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ भक्तपुरमा अविरल वर्षाको असर

अ+ अ-

भादगाउँ । गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ । जिल्लाको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन् भने डुबानसमेत भएको छ ।

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सूर्य विनायक साँगा सडक खण्डमा पहिराले बाटो अवरुद्ध भएको छ । शनिवार गएको पहिरो पन्छाइ सडक खुलाउने प्रयास भइरहेको छ । सूर्यविनयक–७ किवा चोक गुण्डुस्थित महादेव मन्दिर नजिकै रहेको सडक खण्ड वर्षाका कारणले पहिरो गएपश्चात् गुण्डु किवाचोक हुँदै नयाँ थिमि चल्ने यातायात पूर्ण रूपमा बन्द भएको छ ।

यसै गरी भक्तपुर नगरपालिकाको जगाती र राम मन्दिर स्थित टुरिजम मार्केट क्षेत्रमा हनुमन्ते खोलाले आसपासका क्षेत्रमा डुबान समेत भएको छ । वर्षाले भक्तपुरमा सबैभन्दा बढी क्षति चाँगुनारायण नगरपालिकाभित्र गरेको छ । चाँगुनारायण–६, कमलविनायक–खरिपाटी–नगरकोट सडक खण्डमा मुहान पोखरी, तेलकोट, बास्तोला गाउँलगायतको ठाउँहरूमा सडकको भित्ताहरूमा स–साना पहिरो खसेको र बास्तोला गाउँको पहिरो स्काभेटरको सहायतले पन्छाएर सडक खुलाइएको छ ।

यस्तै चाँगुनारायण –९ र सूर्य विनायक–१० को सिमानामा पर्ने च्याम्हासिंह–ताथली–नाला सडक खण्डमा पनि नाला गुम्बामुनि सडकको भित्ताहरूमा स–साना पहिरो खसेको छ, तर सडक भने अवरुद्ध नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चाँगुनारायण–८ चरेली, विन्दवासिनीस्थित कमलविनायकदेखि कलमसी जाने मुख्य सडकमा शनिवार साँझ ५:०० बजे पहिरो गएको छ ।यातायात सेवा  भने एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ ।

चाँगुनारायण –६ बास्तोला गाउँमा रहेकोको सुमन बास्तोलाको घर अगाडि पहिरो गएकोमा नगरपालिकाले त्रिपाल र प्लास्टिक ओढाएर जोखिम न्यूनीकरण गरेको जनाइएको छ ।

चाँगुनारायण–७, बागेश्वरीस्थित हेल्थपोष्ट नजिकको सडकको छेउपट्टी भाग भाँसिएकोले प्लास्टिक राखेर जोखिम न्यूनीकरण गरिएको छ । चाँगुनारायण–६, तेलकोटमा रहेकोको कमला लामिछानेकोको घर अगाडि पहिरो गएको छ, तर क्षति भने भएको छैन ।

चाँगुनारायण –१, चाँगुनारायण माविबाट नेक कलेज हुँदै मूलपानी निस्कने ढलान सडकको छेउ भागमा प्वाल परेकोले वैकल्पिक मार्गको रूपमा खड्का डिल हुँदै बेसिबाट नेक कलेज मूलपानी जान सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

चाँगुनारायण ७ र ८ वडा हुँदै बग्ने घट्टे खोला र मूल साँघु खोलाको बहावले गर्दा यसको आसपासमा रहेका धान बालीहरु डुबानमा परेको छ । अविरल वर्षाले मध्यपुर थिमि नगरपालिकाको वडा नंं ४, ३ र १ भएर बग्ने हनुमन्ते खोलाले खोला किनारको तरकारी, धानबाली डुबानमा पारेको छ भने केही घर टहराका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

बाढी बढी जोखिम रहेको मध्यपुर थिमिका लोहकिन्थलीस्थित सुकुम्बासी बस्ती, राधेराधे, कौशलटार सागबारीको अवस्था सामान्य छ । वर्षाले प्रसिद्ध धार्मिक स्थल नीलबाराही मन्दिर आसपास भरिएका माटो सामान्य बगाए पनि मुख्य मन्दिरलाई केही असर नगरेको प्रशासनले जनाएको छ ।