२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्‌मा सरकारको भूमिकाको सभामुख घिमिरेद्वारा प्रशंसा

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले हालको विपद्‌मा सरकारको भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएकोमा गहिरो दुःख र मर्म व्यक्त गरेका छन् । विपद्‌बाट प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै उनले उद्धार र पुनर्स्थापनामा सरकार र सम्बद्ध निकायहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले सन्देशमा लेखेका छन्, “सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दछु । साथै, पीडितहरूको राहतका लागि निरन्तर ध्यानाकर्षण गराउँछु।”

उनले चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भनेका छन्, “राहत तथा उद्धार कार्यमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशवासीमा अपिल गर्दछु।”