२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगातारको झरीबाट प्रभावित जनजीवन सहज हुँदै

अ+ अ-

काठमाडौँ । तीन दिनको लगातारको अविरल वर्षाका कारण प्रभावित जनजीवन सहज हुँदै गएको छ । मौसम सुधार भएसँगै सर्वसाधारणले राहत महसुस गरेका हुन् । यहाँ आइतबार रातिदेखि वर्षा रोकिएको र आज बिहानदेखि घाम लागेको छ ।

“निरन्तर वर्षा भइरहँदा बाहिरी कामकाज छाडेर घरमै बस्न बाध्य थियौँ”, क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका तरकारी व्यवसायी जीवछ साहले भने, “बल्ल घाम लागेपछि राहत महसुस भएको छ ।”

निरन्तरको वर्षाका कारण ग्राहकको अभावमा २० हजार बराबरको फलफूल, सागसब्जी सडेको साहले दुखेसो सुनाए । वर्षा रोकिएर घाम लागेपछि अहिले बजारमा चहलपहलसमेत बढेको छ । क्षीरेश्वरनाथ नगरपालिका-५ की गृहिणी ज्योति गुप्ताले घाम लागेपछि बिस्कुन एवं लुगाफाटा सुकाउन सहज भएको बताए ।

मान्यजनकहाँ दसैँको टीका, जमरा ग्रहण गर्न जानु परे पनि लगातार झरी परिरहँदा सबै घरमै थुनिएका थिए । दसैँ मनाएर राजधानी काठमाडौँलगायत स्थानमा फर्किन समस्या भएको थियो । आज भने यात्रुहरू बस बिसौनीहरूमा गाडीको प्रतीक्षामा बसेका देखिएका छन् ।  

मौसमविद्हरूले अब मौसम सफा हुँदै जाने र तापक्रम पनि क्रमशः घट्दै गई प्रचण्ड गर्मीबाट उन्मुक्ति मिल्ने बताएका छन् । लामो झरीले कामकाज गर्न नपाएका यहाँका बासिन्दा काममा निस्कन थालेका छन् । 

“हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो”, क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयाकी किसान अनितादेवी यादवले भनिन्, “बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने खेत गोडमेल, बस्तुभाउको चरण गर्न पाइने आस जाग्यो ।”  

मौसममा सुधार देखिएसँगै अब धान, तरकारी गोडमेल गर्न अनुकूल हुने यहाँका किसानहरू बताउँछन् । मौसममा आएको सुधारले तरकारीबारी गोडमेल गर्न सकिने रमदैयाका किसान उमेश यादवको भनाइ छ ।

पशुपालक किसानले गोठमै बाँधिएका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई डुलाउन पाइएको पशुपालक किसानको भनाइ छ ।

दुई-तीन दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो”, क्षीरेश्वरनाथ नगरपालिका-५ का अमिन साफी धोबीले भनिन्, “अब भने काम गर्न पाइने भइयो ।”