काठमाडौँ । सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुबकुनलाई प्रदान गरिएको छ।
माइक्रो आरएनए (राइबोन्यूक्लिक एसिड) खोजका लागि उनीहरूलाई संयुक्त रूपमा यस वर्षको नोबेल पुरस्कार दिइएको हो ।
माइक्रो एनआरएबाट शरीरभित्र कोशिकाहरू कसरी बन्छन् र काम गर्छन् भन्ने थाहा हुन्छ ।
यी दुई जीन वैज्ञानिकहरूले सन् १९९३ मा पहिलो पटक माइक्रो आरएनए खोज गरेका थिए।
मानवको जीन डीएनए र आरएनएबाट बनेको हुन्छ। माइक्रो आरएनए भनेको मूल आरएनएको एक हिस्सा हो।







